दुहबी नगरपालिकामा बेद गच्छदारको भन्दा विनय २६४ मतले अगाडी
एक्सन खबर
सुनसरी । दुहबी नगरपालिकामा नेकपा एमालेले अझै पकड गुमाएको छैन । नगर प्रमुखको पदमा नेपाली कांग्रेसका बेद नारायण गच्छदारसँग एमालेका विनय पोखरेल २६४ मतका साथ अगाडी छन् ।
पछिल्लो मतगणना अनुसार एमालेका पोखरेलले ५४१२ मत प्राप्त गर्दा कांग्रेसका गच्छदारले ५१४८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले दुहबी वडा नं. ६, १२, ९ को मतगणना भइरहेको छ ।
उपमेयरमा भने नेपाली कांग्रेसकै उम्मेदवार हावी भएका छन् । कांग्रेसकी उम्मेदवार मेनुका पोखरेलले ४८५९ मत ल्याउँदा एमालेसँग गठबन्धन गरेका जसपाका सरोजकुमार सिंहले २६९८ मत ल्याएका छन् ।
अहिलेसम्म दुहवीमा एमालेले ४ वटा वडाहरुमा जित हासिल गरिसकेको छ । दुहवी वडा नं. १, ३, ११ र १२ नंं वडाहरुमा एमालेका अजुल हुसैन, माधब भण्डारी, खड्गनारायण उराव तथा रामचन्द्र चौधरी निर्वाचित भइसकेका छन् । कांग्रेसबाट वडा नं. २ र ४ मा क्रमसः अरबिन्द विस्वास र मुस्तकिम मिया निर्वाचित भएका छन् ।
अब दुहवीको ६ वटा वडाहरुको मतगणना हुन बाँकी रहेको छ । दुहवी ५, ६, ७, ८ र ९ नं. वडाहरुको मतपरिणाम आउन बाँकी रहेकोमा नगर प्रमुखमा कांग्रेस र एमाले विच कडा प्रतिष्पर्धा देखिएको छ । अहिले वडा नं. ५, ९ र १० को मतगणना भइरहेकोमा एमाले कांग्रेसविच नै प्रतिष्पर्धा छ ।
0 प्रतिकृया