Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


गढी गाउँपालिकाको अध्यक्षमा एमालेका आश नारायण चौधरी निर्वाचित

एक्सन खबर
जेठ, ५, २०७९


गढी गाउँपालिकाको अध्यक्षमा एमालेका आश नारायण चौधरी निर्वाचित

सुनसरी । गढी गाउँपालिकाको प्रमुखका नेकपा एमालेका आश नारायण चौधरी भारी मतले निर्वाचित भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै चौधरीले ऐतिहासिक जित दर्ता गरे ।

सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिकामा नेकपा एमालेले पहिलोपल्ट नेतृत्व गर्न पाएको हो । आज सम्पन्न मतगणना अनुसार कांग्रेसका महेश दत्तले ५३५० मत ल्याउँदा एमालेका चौधरीले ८९०१ मत प्राप्त गरेका छन् ।

चौधरीले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा नै दिएर स्थानीय तहको निर्वाचनमा लडेका थिए ।

यस्तै पालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको छ । एमालेकी उम्मेदवार अनिता साहले कांग्रेसकी राजकुमारी चौधरीलाई पाखा लगाउँदै ऐतिहासिक जित हासिल गरिन् । उपाध्यक्षमा साहले ७८१५ मत प्राप्त गर्दा कांग्रेसकी चौधरीले ५८३८ मत प्राप्त गरेकी छन् ।

गढी गाउँपालिकाको वडा नं. १ मा वाहेक एमालेले सबैमा प्यानलै जित दर्ता गराएको छ । यसअघि वडा नं. २, ३, ४, ५ र ६ मा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् ।
गढी गाउँपालिका नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला अधिकारवादी नेतृ भगवती चौधरीको निर्वाचन क्षेत्र अन्तरगत पर्दछ ।














0 प्रतिकृया