दुहवी नगरपालिकामा पुनः बेद नारायण गच्छदार
एक्सन खबर
सुनसरी । सुनसरीको दुहवी नगरपालिकामा नेपाली कांग्रेसका बेद नारायण गच्छदार पुनः दोहोरिएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका विनय पोखरेललाई ४५५ मतले पराजित गर्दै गच्छदार दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गएराती अबेर सम्पन्न मतपरिणाम अनुसार गच्छदारले ११९१६ मत प्राप्त गरे । पराजित एमालेका पोखरेलले ११४६१ मत हासिल गरे । मतपरिणाममा पोखरेलले सुरुवात देखि नै अग्रता कायम गर्दै आएपनि बिहीबार विहानबाट गच्छदारले अग्रता कायम गरेका थिए ।
दुहबी वडा नं. ७, ८ र ९ बाट गच्छदारलाई राम्रो मत प्राप्त भएको थियो ।
उपमेयरमा पनि नेपाली कांग्रेसले नै बाजी मारेको छ । उपमेयरमा एमाले गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका सरोजकुमार सिंहलाई पराजित गर्दै कांग्रेसकी मेनुका पोखरेल खतिवडा निर्वाचित भइन् । सिंहले ५००४४ मत प्राप्त गर्दा निर्वाचित खतिवडाले ११०९६ मत पाइन् ।
दुहवी नगरपालिकामा २९ हजार ३ मत खसेको थियो ।
0 प्रतिकृया