Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


बर्जु गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको विजय जुलुस (फोटो फिचर)

एक्सन खबर
जेठ, ७, २०७९


बर्जु गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको विजय जुलुस (फोटो फिचर)

दुहवी । सुनसरीको बर्जु गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको विजयी र्याली निकालिएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बर्जु गाउँपालिकामा निर्वाचित अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष तथा वडा सदस्यहरुलाई पालिका परिक्रमा गराइएको हो ।

विजयी अध्यक्ष, उपाध्यक्ष सहितको जनप्रतिनिधिहरु बर्जुको चिमडी, अमाहीबेला, अमडुवा लगायतका स्थानको परिक्रमा गरिएको थियो । विजय र्यालीमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज भगवती चौधरीसमेतको सहभागिता रहेको थियो ।

बर्जु गाउँपालिकामा नेकपा एमालेले ऐतिहासिक जित हासिल गरेको भन्दै एमालेका नेता तथा कार्यकर्ताहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अबिरमालाले स्वागत गरेका थिए ।

पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रघुनन्दन चौधरीलाई पराजित गर्दै एमालेका जिवछ कुमार राय तथा उपाध्यक्षमा कांग्रेसकै संगीता रायलाई पराजित गर्दै नितु चौधरी निर्वाचित भएका छन् ।

बर्जुको ८ वटा वडामध्ये वडा नं. १ मा दिलबहादुर गुरुङ, वडा नं. २ मा महेन्द्रप्रसाद कामत, वडा नं. ३ मा बिनोद गुरुङ, वडा नं. ४ मा बिनोद कुमार गुरुङ, वडा नं. ५ मा अजयकुमार चौधरी तथा वडा नं. ६ मा अशोक कुमार चौधरी प्यानलै विजयी भएका छन् । वडा नं. ७ र ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।





















0 प्रतिकृया