Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


धरानमा स्वतन्त्र लौरोलाई पछ्याउँदै कांग्रेस एमाले

एक्सन खबर
जेठ, ७, २०७९


धरानमा स्वतन्त्र लौरोलाई पछ्याउँदै कांग्रेस एमाले

सुनसरी, ६ जेठ । धरान उपमहानगरमा ६२ हजार मत मध्ये हालसम्म ४० हजार ७९७ मतगणना भइसकेकोमा अहिले पनि लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ अग्र स्थानमा छन् ।

उनले यो समाचार तयार गर्दासम्म १२ हजार ५३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका पाँच दलीय गठबन्धनका उम्मेदवार किशोर राईले ११ हजार ८१ मत पाएका छन् ।

त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने ९ हजार ११ मत रहेको छ । गठबन्धन भन्दा साम्पाङ १ हजार ४५३ मतले अगाडी छन् । त्यस्तै नेकपा एमाले भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार ५२४ मतले अगाडी छन् ।

हाल सम्म वडा नम्बर १,२,३,४,५,६,७,८,९,१०,१२,१४,१८ र १९  मत परिणाम घोषणा भइसकेको छ । ११,१३ र १५ नं. वडाको मतगणना भइरहेको छ । त्यस्तै १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । २० नम्बर वडाको भने मतगणनामा विवादपछि मतगणना नतिजा घोषणा गर्न बाकी रहेको छ ।

धरानमा हर्क साम्पाङकाे उम्मेदवारीले सबैभन्दा बढी असर नेकपा एमालेलाई परेकाे छ । कम्युनिस्टकाे लालकिल्लाका रूपमा परिचित धरानमा २०७५ सालकाे स्थानीय उपनिर्वाचनमा नेपाली कांग्रेसले पहिलाेपल्ट जित निकालेकाे थियाे । याेपल्ट त्याे नतिजालाई उल्ट्याउने
गरी रणनीति बनाएकाे एमालेकाे पकेट भाेट साम्पाङले काट्दा शनिबार बिहानसम्म तेश्राे स्थानमा खुम्चिएकाे छ ।













0 प्रतिकृया