४९ प्रतिशत मतगणना भइसक्याे, बालेनको निरन्तर अग्रता
एक्सन खबर
काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम गरिरहेका छन् । ४९ प्रतिशत मतगणना भइसकेकाे छ ।
लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका साहले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।
शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ ।
अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वडा कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।
0 प्रतिकृया