Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


१६ वर्षिय किशाेरी बलात्कारकाे अभियाेगमा मोडल ग्लोबल भिसाजका सञ्चालक पाण्डे पक्राउ

एक्सन खबर
जेठ, ७, २०७९


१६ वर्षिय किशाेरी बलात्कारकाे अभियाेगमा मोडल ग्लोबल भिसाजका सञ्चालक पाण्डे पक्राउ

काठमाडाैं । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । इभेन्ट मेनेजर समेत रहेका पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हाे ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गर्दा एक प्रतियाेगीलाई बलात्कार गरेकाे पीडितकाे भनाइ छ ।

मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ कालागि भन्दै ती प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर पाण्डेले बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले टिकटकमा पाेस्ट गरेकाे भिडियाेमा बताएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे सार्वजनिक गरेकी थिइन् । त्यसपछि आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको बताएकी छन् ।

घटना हुँदा ती युवतिले मिस नेपाल माल्भिका सुब्बालाइ समेत सहयाेग मागेपनि नपाएकाे बताएकी थिइन् । युवतीले सम्पर्क गरेकाे तर  माल्भिकाले वेवास्ता गरेकाेमा माफि समेत मागे पछि बिहीबारबाट याे विषय चर्चामा छाएकाे हाे ।

टिकटक हुँदै फेसवुकमा भिडियाे भाइरल भएपछि पीडितले न्याय पाउनुपर्छ भन्दै चाैतर्फी विराेध भइरहेकाे छ । महिला अधिकारवादी, सामाजिक संस्था, कलाकार, राजनीतिज्ञ सबैले पीडितकाे पक्षमा उत्रिएपछि नेपाल प्रहरीले पनि चासाे देखाए पनि जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको बताएको थियो ।

न्यायकाे माग गर्दै ८ वर्षपछि घटना सार्वजनिक गरेकी युवतीले  कानुनी जटिलता थाहा पाएपछि पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् ।

पीडितले न्याय पाउनु पर्ने भन्दै शुक्रबारदेखि राजधानी काठमाडाैं, विराटनगर, पाेखरा लगायतका सहरहरूमा स्वतःस्फुर्त प्रदर्शन भइरहेका छन् । बलात्कार जस्ताे जघन्य अपराधमा उजुरीकाे हदम्याद हटाउनु पर्ने माग जवरजस्त उठेपछि सभामुख अग्नी प्रसाद सापकाेटाले समेत संसदमा घटनामा छानविन गर्न सरकारलाइ निर्देशन दिइसकेका छन् ।

गृह मन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनायो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य छन् । समितिले नै घटनामा थप अनुसन्धान प्रक्रिया अघि बढाउने छ ।














0 प्रतिकृया