Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


उपमेयर सहित ८० प्रतिशत वडा जितेकाे एमालेले इटहरीमा मेयर किन जित्न सकेन ?

एक्सन खबर
जेठ, ८, २०७९


उपमेयर सहित ८० प्रतिशत वडा जितेकाे एमालेले इटहरीमा मेयर किन जित्न सकेन ?

सुनसरी । इटहरी उपमहानगरपालिकाकाे मेयरमा नेकपा एमालेले बलियाे उम्मेदवार नउठाउँदा पराजय व्यहाेर्नु परेकाे देखिएकाे छ । नेपाली कांग्रेसले स्थानीय जनतासँग भिजेका युवा उम्मेदवार हेमकर्ण पाैडेललाई टिकट दिँदा एमालेले जनताका माझ खासगरी युवा पुस्तामा अपरिचित पुराना नेता यामकुमार सुब्बालाई टिकट दिएकाले हार व्यहाेर्नु परेकाे एमाले बृत्तमा चर्चा छ ।

यद्यपि, एमालेले मेयर गुमाएतापनि स्थानीय वडाहरूमा बलियाे उपस्थिति कायमै राखेकाे छ । इटहरीका २० वटा वडाहरू मध्ये १५ वटा वडामा प्यानलै उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसले मेयरसँगै ५ वटा वडामा जित हासिल गरेपनि २० नं. वडामा वाहेक प्यानल जित दर्ता गराएकाे छैन ।

इटहरी वडा नं. १, ६, ८ र २० मा कांग्रेसले एक/एक सदस्य वाहेक प्यानल जित दर्ता गरेकाे छ । वडा नं. १४ मा एमालेका बागी उम्मेदवारले प्यानलै जितेका छन् । अन्य १५ वटा वडामा सबै नेकपा एमालेले जितेकाे छ ।

निर्वाचनकाे अन्तिम नतिजा अनुसार इटहरीमा १०२ सिटमा एमाले एक्लैले ८० सिट जितेकाे छ । कांग्रेसले २० सिट जित्दा गठबन्धनकाे एकीकृत समाजवादी र माओवादी केन्द्र बढारिएका छन् । एमाले ७८.४३ सिटमा विजयी हासिल गर्दै उपमहानगरपालिकाको प्रमुख दल बन्न सफल भएको छ ।

इटहरीमा एमालेका केहिले द्वारिकलाल चाैधरीलाई नै पुनः टिकट दिनुपर्छ भनेपनि केन्द्रले स्थानीय जनताकाे चाहना र जनमत कता छ विश्लेषण नगरी चाकडी र चाप्लुसी गर्नेहरूकाे भरमा टिकट दिँदा मेयरमा पराजय व्यहाेरेकाे नेकपा एमालेका एक जिल्ला सदस्यले बताए ।

‘भन्दा नराम्रो लाग्ला इटहरी मात्र हैन धरान पनि एमालेले गुमाउनुमा यीनै चाकडी र चाप्लुसी गर्नेहरुको हात छ । स्थानीय जनताको चाहना के छ ? कसले कत्तिको काम गरेको छ ? पार्टी र कार्यकर्ताको भनाई के छ ? नबुझी लुसुलुसु बालकोट छिरेर नेतृत्वको पाउ मोल्दै टिकट हत्याउनेहरुले विगारे ।’ नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला सदस्यले भने ।

इटहरीमा पुनः द्वारिकलाल चौधरीलाई नै टिकट दिनुपर्छ, धरानमा मनोजकुमार मेन्याङवोलाई टिकट दिनुपर्छ भनेर भनेपनि जिल्लाको आवाज केन्द्रीय तहले नसुनेको उनको दावी छ । पार्टी फुटेर तीन टुक्रा भएतापनि इटहरीमा एमालेकाे संगठित भाेट डग्मगाएकाे छैन ।

एमालेले मेयर गुमाएता पनि इटहरीका बहुमत वडाहरुमा जबरजस्त प्यानलै जित हासिल गरेकाले एमालेको संगठीत मत नगुमेको एक नगर सदस्यले भने । उपमेयरलाई मेयरको जत्तिकै मत आउनु, १५ वटा वडाहरुमा प्यानल नै आउनुको अर्थ मेयरको उम्मेदवार गतिलो नभएको स्थानीय एमाले कार्यकर्ताहरुको बुझाई छ ।

त्यसाे त मेयर र ५ वटा वडाहरू मात्रै जितेकाे नेपाली कांग्रेसका मेयरलाई अबका दिनहरूमा काम गर्न चुनाैति बढेकाे छ । उनले राजनीतिक रंग दिएर काम गरे नगर कार्यपालिकामै घेरावन्दीमा पर्ने देखिन्छ ।













0 प्रतिकृया