पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य बढ्यो, कति पुग्यो ?
एक्सन खबर
काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ ।निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।
यससँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ। हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढाइएकाे छ । आयल निगमले हवाई इन्धनमा १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ कायम गरिएकाे जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको भनाइ छ ।
सरकारले प्रेटाेलियम पदार्थमा लगातार मुल्य बढाएपछि सबैभन्दा मारमा सर्वसाधारण परेका छन् । इन्धनमा मुल्यवृद्धि भएसँगै सर्वसाधारणका यातायात देखि भान्साकाेठा समेत महंगीएका छन् ।
0 प्रतिकृया