Follow us:


Follow us

६ कार्तिक २०८३, बिहिवार
६ कार्तिक २०८३, बिहिवार


टेक्सासमा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

एजेन्सी
जेठ, ११, २०७९


टेक्सासमा बन्दुक हमलामा मारिनेको संख्या २१ पुग्यो

न्युयोर्क, ११ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।

आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्द हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।













0 प्रतिकृया