Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने

एक्सन खबर
जेठ, ११, २०७९


नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने

काठमाडौं, ११ जेठ । एएफसी एसियन कप–२०२३ छनोटको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । कतार फुटबल संघका अनुसार नेपालले कतारमा ओमान र लिष्ट टिमोरसँग खेल्ने पक्का भएको हो ।

त्यसका लागि नेपाली टिम बुधबार राति ८ बजे कतार प्रस्थान गर्दै छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले नियमित टोलीका ११ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । यसअघि नेपालले कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो । तर, त्यो अन्तिम समयमा रद्द भयो ।

अब, नेपालले पहिलो खेल २८ मे अर्थात शनिबार लिष्ट टिमोरसँग खेल्नेछ भने ३ जुनमा ओमानसँग खेल्नेछ । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ।

नेपाली टिम

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
रक्षकः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ
 













0 प्रतिकृया