पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी-अन्तरघाती होसियार !
एक्सन खबर
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्याली निकाल्यो । र्यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो ।
वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वी सुब्बालाई भने कार्यकर्ताले नाराबाजी गर्दै बिरोध जनाए ।
‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर ।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वी सुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो ।
त्यसपछि घटना झनै रोचक बन्यो ।
अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिष्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।
पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ ।
0 प्रतिकृया