Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


केएमसीमा कुपोषण भएका शिशुलाई निःशुल्क ‘पोषण प्याकेट’ वितरण गर्दै

एक्सन खबर
जेठ, ११, २०७९


केएमसीमा कुपोषण भएका शिशुलाई निःशुल्क ‘पोषण प्याकेट’ वितरण गर्दै

काठमाडौं । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले ६ महिना देखि २ वर्ष सम्मको कुपोषण भएका बालबालिकालाई निःशुल्क ‘पोषण प्याकेट’ उपलब्ध गराउने भएको छ । पोषण प्याकेट २५ ग्रामको रहेको छ ।

बलियो नेपाल न्यूट्रिसनसँगको सहकार्यमा केएमसीले निःशुल्क पोषण प्याकेट उपलब्ध गराउने भएको हो । कुपोषणको शिकार भएका बालकालिकाको स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रम ल्याएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले बताए ।

बाल चिकित्सक पावना कायस्थले पोषण प्याकेटमा बालबालिकालाई अत्यावश्यक पौष्टिकतत्व सहितको लिटोको पिठो हुने जानकारी दिइन् । पोषण प्याकेट कार्यक्रमका लागि केएमसीमा पोषण क्लिनिक प्रत्येक दिन दिउसो २ बजेपछि सञ्चालन गरिने छ । केएमसीले निःशुल्क उपलब्ध गराएको पोषण पिठोले कुपोषण भएका शिशुलाई दैनिक १ पटक खुवाउँदा तीन महिनासम्म पुग्ने बताइएको छ ।

सम्झौता कार्यक्रममा अस्पतालका निर्देशक डा. सुमन श्रेष्ठ र प्रशासकीय अधिकृत प्रेम थापा, जेनेरल मेनेजर नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले पोषण प्याकेट कार्यक्रमले ६ महिना देखि २ वर्ष सम्मका शिशुहरुमा हुने कुपोषण न्यूनिकरण गर्न टेवा दिने बताए । केएमसीले स्वास्थ्य  सेवा लिन आउने बिरामीहरुका लागि विभिन्न लाभदायी कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै डा. शर्माले आउँदा दिनहरुमा अझ प्रभावकारी कार्यक्रमलाई सञ्चालन गर्ने बताए ।















0 प्रतिकृया