धरानमा भेटिएकाे बेबारिसे शवकाे पहिचान खुल्याे
एक्सन खबर
सुनसरी । धरानमा आज (बिहिवार) बिहान भेटिएको बेवारिसे शवको पहिचान भएको छ । धरान ५ तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा बेवारिसे अवस्थामा स्थानीयबासीले देखेको शवको ईलाका प्रहरी कार्यालय धरानले मुचुल्का गरी बिपी प्रतिष्ठानको मर्चरीमा राखेर अनुसन्धान गर्ने क्रममा धरान वडा नं ११ को भएको पत्ता लागेको हो ।
प्रहरीले वीपी प्रतिष्ठानको फोरेन्सिक विभागका डाक्टर, प्रहरी प्रदेश कार्यालय धरान डग (कुकुर) शाखाबाट बिशेषज्ञ कुकुर समेत घटनास्थलमा पुगी अनुसन्धान थालेको थियो ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका वडा नं. ११ स्थित बिष्णु चोक ठाडो सोलिङ, बस्ने मिठे सार्कीको ३१ बर्षिया छोरा सन्दिप सार्कि (लम्जेल) काे शब रहेको उनका आफन्तबाट पुष्टी भएको हो ।
मृतकका बुवा मिठे सार्कीका अनुसार सामाजिक सञ्जालमा फोटो देखेको र सोही फोटोको आधारमा आफनो छोरा समेत राती ७ बजे नै घरबाट निस्केको तर घर फर्कि नआएकोले आफुहरुलाई शंका लागी ईलाका प्रहरीले ल्याएको शव हेर्न जाँदा आफनै छोरा भएको बताएका छन् ।
एक्सन खबरसँगको कुराकानीमा सार्किले छोरा सुन्तला र सेतो रंगको को २८ प २५६८ नं को ड्युक मोटरसाईकलमा एक्लै घरबाट निस्केका थिए ।छाेरा कहिले पनि घर बाहिर एक्लै नबस्ने गरेको पनि बताए । उनका अनुसार सन्दीप आफनै घरमा रहेको ट्रयाक्टरमा काम गर्ने गरेको बताए । घटनापछि मृतक सन्दीपले प्रयोग गर्ने मोवाईल तथा मोटरसाईकल समेत गायब छ ।
उता ईलाका प्रहरी कार्यलयका अनुसार बिहिवार विहान ५ः३० मा देउराली ५ सेउती खोलाको बगरमा भेटिएका शबको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको हुन सक्ने जनाएको छ ।
धरानका डिएसपी श्रेष्ठका अनुसार मृतकको गर्धनको भागमा धारिलो हतियारले काटिएको, टाउको, शरीरको ढाडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट हुनुका साथै एउटा दाँत समेत झरेको अवस्थामा फेला परेको हो । उक्त घटनाको बारेमा प्रहरीले बिशेष अनुसन्धान गरीरहेको श्रेष्ठले जनाएको छ ।
यसैबीच उदयपुरमा हजुरआमा हत्या आरोपमा नाती पक्राउ परेका छन् भने मोरङमा श्रीमती हत्या गरी फरार रहेका श्रीमान पनि समातिएका छन् । प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनका २६ बर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंशबण्डाको बिषयमा बिबाद हुँदा रोहितले हजुरआमाको हत्या गरेको प्रहरीको भनाई छ।
हजुआमासँग झगडा हुँदा रिसको आवेगमा आएर रोहितले हजुरआमाको शरीरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीले कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।
0 प्रतिकृया