Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

एक्सन खबर
जेठ, १४, २०७९


स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

काठमाडौ, १४ जेठ । स्थानीय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन् । शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन् ।

प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आब्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन् ।

शुक्रवार देखी जारी बाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद  २०७६ लाई संसोधन गर्न बनेको बिधेयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा पस्ताव गरेका छन भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुबिधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन् ।

यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० को बिनियोजन बिद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।













0 प्रतिकृया