Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङ–२ मा फेला

एक्सन खबर


तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा थासाङ–२ मा फेला

काठमाडौं, १६ जेठ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।  

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार विहान पाेखराबाट जाेमसाेमका लागि उडेकाे थियाे । बिहान १०:७ बजेदेखि सम्पर्कविहीन बनेको विमान सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको थियाे ।














0 प्रतिकृया