Follow us:


Follow us

२ असोज २०८३, शुक्रवार
२ असोज २०८३, शुक्रवार


यी प्रदेशमा वर्षाको सम्भावना

एक्सन खबर
जेठ, १६, २०७९


यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, १६ जेठ । दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै  स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेश प्रदेशका थोरै भू-भागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १,  बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना छ । नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
 













0 प्रतिकृया