Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


‘शव संकलन गर्दै छौँ, आगो लागेको छैन’

एक्सन खबर
जेठ, १६, २०७९


‘शव संकलन गर्दै छौँ, आगो लागेको छैन’

पोखरा, १६ जेठ । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् ।

स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’

त्यहाँ नेपाली सेना पनि भर्खरै जाँदै छ । हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको छ । ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् ।














0 प्रतिकृया