Follow us:


Follow us

७ कार्तिक २०८३, शुक्रवार
७ कार्तिक २०८३, शुक्रवार


‘शव संकलन गर्दै छौँ, आगो लागेको छैन’

एक्सन खबर
जेठ, १६, २०७९


‘शव संकलन गर्दै छौँ, आगो लागेको छैन’

पोखरा, १६ जेठ । पाेखराबाट जाेमसाेमका लागि उडेकाे तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् ।

स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’

त्यहाँ नेपाली सेना पनि भर्खरै जाँदै छ । हेलिकोप्टर जान सक्ने स्थिति मौसम खराबीका कारण नभएपछि पैदलमार्फत सेना पठाइएको छ । ६५ जनाको सेनाको उद्धार टोली घटनास्थल नजिक पुगेका छन् ।














0 प्रतिकृया