Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


होटल, रेष्टुरेन्टका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न व्यवस्था गर्ने, कल सेन्टर स्थापना गर्ने

एक्सन खबर
जेठ, १६, २०७९


होटल, रेष्टुरेन्टका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न व्यवस्था गर्ने, कल सेन्टर स्थापना गर्ने

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ ।

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन शाहले बैठकमा प्रस्ताव गरेका थिए । सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ ।

सात दिनभित्र कल सेन्टर स्थापना

यस्तै, महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ । पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । त्यसअघि पदभार ग्रहण गर्दै मेयर साहले बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।  
 













0 प्रतिकृया