Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


विद्यालय हाताभित्र शिक्षकहरूद्वारा मादक पदार्थ सेवनः विधार्थीहरूले गरे नाराबाजी

एक्सन खबर
जेठ, १७, २०७९


विद्यालय हाताभित्र शिक्षकहरूद्वारा मादक पदार्थ सेवनः  विधार्थीहरूले गरे नाराबाजी

बारा, १६ जेठ । बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीहरूले नाराबाजीसहित विरोध गरेका छन् । कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यामिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन् ।

सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीहरुले बताएका छन् ।

बिदाई कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

घटनाको विषयमा विद्यार्थीहरले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन् । बिदाई कार्यक्रम सकिएपछि आफूहरु घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहले बताए ।

शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा  त्यस्ता शिक्षकलाई कारबाही गरिने बताए । तर, यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहेका छैनन् ।













0 प्रतिकृया