Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


किन फर्कियो भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान ?

एक्सन खबर
जेठ, १८, २०७९


किन फर्कियो भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान ?

काठमाडौं, १८ जेठ । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो ।

बुधबार बिहान १०:४३ मा काठमाडौंबाट उडेको विमान ११:६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ ।
 













0 प्रतिकृया