Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


सरकारको भत्ता पाउनुअघि बिरामीको मृत्यु हुन्छ : सुरेन्द्र पाण्डे

एक्सन खबर
जेठ, १८, २०७९


सरकारको भत्ता पाउनुअघि बिरामीको मृत्यु हुन्छ : सुरेन्द्र पाण्डे

काठमाडौं, १८ जेठ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गाैला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए ।

‘क्यान्सर, मिर्गौला रोगीलाई पाँच हजार दिन्छु भन्नु भएको छ । यो राम्रै हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु  र मेसिन पनि किन्छु भन्नुपर्थ्यो ।’

 बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए ।

आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए ।

बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताए ।

बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्काे सरकार आउने पनि बताए ।
 













0 प्रतिकृया