Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


‘बजेटकाे जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ’

एक्सन खबर
जेठ, १९, २०७९


‘बजेटकाे जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ’

काठमाडौं, १९ जेठ । एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् ।

‘संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल्लेख भएको भेटिँदैन,’ उनले भने, ‘हामीले भन्नुपर्दा यो बजेट हावादारी, लक्ष्यहिन, गन्तव्यहिन र सेटिङ नै सेटिङको पोको हो । जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ ।’

बजेट चुनावमुखी, वितरणमुखी र गठबन्धनमुखी रहेको भन्दै उनले कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए ।













0 प्रतिकृया