Follow us:


Follow us

१९ जेठ २०८३, मङ्गलवार
१९ जेठ २०८३, मङ्गलवार


नुवाकोटको विदुरमा केएमसीको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सुरू

एक्सन खबर
जेठ, २०, २०७९


नुवाकोटको विदुरमा केएमसीको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सुरू

नुवाकोट, १९ जेठ । नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र लायन्स क्लब अफ काठमाडौं वन्डर वुमनको सहकार्यमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

भैरव माध्यमिक विद्यालय हात्तीगौडामा सञ्चालन भएको शिविरको पहिलो दिन बिहीवार ९९५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २०१ जनाको रक्त परीक्षण, १४२ जनाको भिडियो एक्सरे र १०२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै शिविरमा उपचार सम्भव नभएका ५५ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । शिविर शुक्रवार पनि सञ्चालन हुनेछ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ । जसबाट हजारौं बिरामी लाभान्वित भएका छन् । 
















0 प्रतिकृया