Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


स्पेन र पाेर्चुगलले बराबरी खेले

एक्सन खबर
जेठ, २०, २०७९


स्पेन र पाेर्चुगलले बराबरी खेले

काठमाडाैं । परिवर्तित खेलाडी रिकार्डाे होर्टाले गोल गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा हारबाट जोगिएको छ ।पोर्चुगलले एक गोलले पछि परेको स्थितिमा घरेलु टोली स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

सेभिलमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनका अल्भारो मोराटाले गोल गर्दा पोर्चुगलका रिकार्डाे होर्टाले बराबरी गोल फर्काए । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना खेलको सुरुवात गरेको पोर्चुगलविरुद्ध खेलको सुरुवातदेखि नै बल पोसेसेन राख्दै दवाव बढाएको स्पेनले २५औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो । उनले पाब्लो सारावियाको पासमा गोल गर्न सफल भएका थिए ।

तर, स्पेनले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । पोर्चुगलले दोस्रो हाफमा कप्तान रोनाल्डोलाई मैदान छिराएपछि खेलमा पकड बनाउँदै परिवर्तित खेलाडी रिकार्डाे होर्टाले गोल गर्दै हारबाट जोगाए ।

७२औं मिनेटमा राफयल लियोको स्थानमा मैदान छिरेका रिकार्डाे होर्टाले  ८२औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जोओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन् । गोल अन्तरमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ । चेकको जितमा जान कुचताले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । स्वीट्जरल्यान्डका नोआ ओकाफोरले एक गोल फर्काए ।

यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा रहेको छ ।













0 प्रतिकृया