Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


९ बुँदे मागसहित पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन

एक्सन खबर
जेठ, २१, २०७९


९ बुँदे मागसहित पुँजी बजार सुधारका लागि संघर्ष समिति गठन

काठमाडौं, २१ जेठ । सेयर लगानीकर्ताहरूको भेलाले पुँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।

सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका काम नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । अनशनअघि लगानीकर्ताले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा जेठ २१ गते भएको सेयर एक सय जनाभन्दा बढी लगानीकर्ताको भेलाले पुँजी बजार सुधार र बिस्तारका लागि  दबाबमूलक कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।

लगानीकर्ताले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीसँग छलफल गर्ने, २७ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गते पूँजी बजारका विज्ञहरूसहित बृहत् छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेशढकाल, गोपाल स्वामी, एसपी चौलागाईं, नानीबाबु खरेल, पुरुषोत्तम कक्डेल, एलपी साह, सञ्जय थापा, देवबहादुरकार्की, लक्ष्मण बन्जारा, सुमनभण्डारी, विनोद कार्की, पीताम्बर फुलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, शुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ. शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रह्लाद वस्ति सदस्य छन् ।













0 प्रतिकृया