इटाली र जर्मनले अंक बाँडे, इंग्ल्यान्डकाे हार
एक्सन खबर
काठमाडौं, २२ जेठ । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे ।
जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् ।
यस्तै, हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए ३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।
0 प्रतिकृया