Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


गाेग्राह रेसिडेन्सी कार्यशाला

एक्सन खबर
जेठ, २२, २०७९


गाेग्राह रेसिडेन्सी कार्यशाला

धरान । तीन वर्षयता नेपाली चलचित्र क्षेत्रलाई स्तरीय बनाउने उद्देश्य सहित नयाँ पुस्ताका फिल्मकर्मीसँग काम गर्ने सोच लिएर अगाडी बढिरहेकाे गोग्राह रेसिडेन्सीले धनकुटाको भेडेटारमा कार्यशाला गरेको छ ।

गोग्राह समूह अर्थात बिराटनगरको पुरानाे नामलाई केन्द्रबिन्दु बनाई चलचित्र निर्माता तथा निर्देशक दिपक रौनियारले गोग्राह रेसिडेन्सी २०२२ को नामबाट उक्त्त कार्यशाला सुरु गरेका हुन् । आज आईतबार धरानमा पत्रकार सम्मेलन गर्दै  रेसिडेन्सी टिमले कार्यशाला बारे जानकारी दिएका छन् ।

नेपाली समाजमा निहित विविधतालाई आत्मसात गर्दै चलचित्र क्षेत्रमा नयाँ विचार, नया दृष्टिकोण र विविध संवेदनशीलता प्रबर्द्धन गर्नु आफुहरुको लक्ष्य रहेको बताउँदै लक्ष्य हासिल गर्न फिल्म कार्यशाला, फिल्म अनुदान र फिल्म रेसिडेन्सी सञ्चालन गर्ने सोच बनाईएको निर्देशक रौनियारले बताए ।

प्रारम्भमा एक साताको लागि सञ्चालन गरिएको फिल्म कार्यशाला दोस्रो वर्षदेखि बीस हप्तामा परिणत भएको बताउँदै राैनियारले एक वर्षको अवधिमा कम्तिमा ९ महिना कार्यशाला चल्ने बताए । गोग्राहा फिल्म कार्यशालमा पहिलो आठ हप्ता स्क्रिप्ट लेखनमा केन्द्रित रहने र त्यसपछि  केही महिनाको अन्तरालमा सहभागीहरु मध्येबाट उत्कृष्ट स्क्रिप्ट छनोट गरि ४ हप्ता पुनः कार्यशाला सञ्चालन गरिने छ । त्यस्तै निर्देशन कार्यशालामा उत्कृष्ट स्क्रिप्टको आधारमा सहभागी मध्येबाट आधा सहभागी मात्र छनोट हुनेछन् ।

गोग्राहले गत वर्षको चलचित्र कार्यशालाको उत्कृष्ट तीन स्क्रिप्टमा चलचित्र बनाउन अनुदान समेत उपलब्ध गराएको छ । जसमा शान्ता नेपाली, सुनिल गुरुङ र ज्योस्ता सिंह ठकुरी परेका थिए । उनीहरू चलचित्र बनाउने कार्यमा जुटिसकेको आयोजकको भनाई छ ।

गोग्राहले ६ साताको चलचित्र निर्माणका लागि चलचित्र रेसिडेन्सी नै  सञ्चालन गरेको छ । गोग्राह रेसिडेन्सीमा यस पटक जना नयाँ पुस्ताका फिल्मकर्मीहरु सहभागी छन् । रेसिडेन्सीमा अभिमन्यु निरवी, आकांक्षा फाफी, नव श्रेष्ठ, निकिता त्रिपाठी, बुनु ढुङ्गाना र राजेश प्रसाद खत्री फिल्म लेखनमा जुटेका छन् ।

गोग्राह रेसिडन्सी पहिलो दुई साता कोशी टप्पुमा र बाँकी चार साता भेडेटारमा आयोजना भईरहेको निर्देशक रौनियारले जानकारी दिए । रेसिडेन्सीमा एक्टर प्रोड्युसर आशा मगराती र अध्येता भास्कर गौतम समेतको उपस्थिति रहेको छ । रेसिडेन्सीको मूल स्रोत व्यक्ति गोग्राह समूहका दीपक रौनियार, आशा मगराती र भास्कर गौतम नै रहेका छन् ।

यसभन्दा अगाडि ए पिरियड पिस तथा मे एण्ड एस चलचित्रकी लेखक निर्देशक सूची टलाटी तीन दिनको लागि गोग्राह रेसिडेन्सीको स्रोत व्यक्ति रहेकी थिइन् । अमेरिकामा बस्ने सूची अहिले भारतमा गन्स बिल बि गर्ल्स चलचित्र बनाउने तयारीमा छिन् ।

प्रारम्भमा नर्थ साउथ कलेक्टिभ्सको आर्थिक सहयोगमा हुँदै गरेको उक्त गोग्राहा रेसिडेन्सियल कार्यशालामा नेपालभित्र र बाहिरका धेरै फिल्मकर्मीले  ज्ञान आदानप्रदान गरेको बताउँदै राैनियारले आगामी दिनहरुमा अझ धेरै काम गर्ने गरि कार्यक्रमलाई सहयोग गरेका छन् । यस वर्षको कार्यक्रम सञ्चालन गर्न गोग्राहलाई स्वीस दूतावास मार्फत स्वीस विकास सहायताले ३५ देखि ४० लाखको आर्थिक सहयोग गरेकाे छ ।













0 प्रतिकृया