Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


१४ जिल्लाको नदीनालामा पानीकाे बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

एक्सन खबर


१४ जिल्लाको नदीनालामा पानीकाे बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं, २३ जेठ । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । याे वर्ष केहि समय अगावै मनसुन भित्रने महाशाखाले जनाएकाे छ ।
 













0 प्रतिकृया