Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


१४ जिल्लाको नदीनालामा पानीकाे बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

एक्सन खबर


१४ जिल्लाको नदीनालामा पानीकाे बहाव बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौं, २३ जेठ । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । याे वर्ष केहि समय अगावै मनसुन भित्रने महाशाखाले जनाएकाे छ ।
 













0 प्रतिकृया