Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल, राेनाल्डाे चम्कँदा पाेर्चुगल विजयी

एक्सन खबर
जेठ, २३, २०७९


अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल, राेनाल्डाे चम्कँदा पाेर्चुगल विजयी

काठमाडौं, २३ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लियाेनल मेस्सी एक्लैले ५ गाेल गरेका छन् । अर्जेन्टिना र एस्टोनिया विचकाे मैत्रीपूर्ण खेलमा अर्जेन्टाइन कप्तान मेस्सीले ५ गाेल गरेका हुन् ।

आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनाले एस्टाेेनियालाई ५–० काे गाेल अन्तरमा पराजित गरेकाे हाे । खेलकाे पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

योसँगै अर्जेन्टिना ३३औं खेलसम्म अपराजित रहन सफल भएको छ । फाइनालिसिमामा इटालीलाई हराएर उपाधि जितेको प्रशिक्षक लियोनेल स्कोलानीले आफ्नो प्रशिक्षणमा ३३ खेलसम्म अपराजित रहेको कीर्तिमान बनाएका छन् । मेस्सीले इस्टोनिया विरुद्धको पाँच गोल गरेसँगै देशका लागि उनकाे गाेल संख्या ८६ पुगेकाे छ ।

राेनाल्डाे चम्कँदा पाेर्चुगलकाे शानदार जित

यता युइएफए नेसन्स लिग ए ग्रुप २ मा क्रिस्टियानाे राेनाल्डाे चम्कँदा पाेर्चुगलले शानदार जित हािसल गरेकाे छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।

लिस्वनमा आइतबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक गोल गरे । पोर्चुगल पहिलो हाफमा ३–० ले अघि रहँदा दोस्रो हाफमा एक गोल थपेको थियो ।

राष्ट्रिय टोलीबाट ३७ वर्षीय रोनाल्डोको यो ११७औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । उनले गत वर्ष नै इरानका अली दाईको सर्वाधिक गोलको कीर्तिमानलाई तोडेका थिए ।

यो जितसँगै पोर्चुगल समूहमा शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिक र स्पेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेकका जाुकव पेसिक र जान कुच्थाले गोल गर्दा स्पेनका पाब्लो गाभी र इनिगो मार्टिनेजले गोल गरेका थिए ।
















0 प्रतिकृया