Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


माेरङ, कास्की र बाँकेकाे दुर्घटनामा तीन जनाको मृत्यु

एक्सन खबर
जेठ, २३, २०७९


माेरङ, कास्की र बाँकेकाे दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडाैं, २३ जेठ । मोरङको रतुवामाई नगरपालिका–१ मा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडी सवार व्यक्ती घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक मोरङकै सुनवर्सी नगरपालिका–९ का २४ वर्षीय राज कुमार शर्माको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते सोही मोटरसाइकलमा पछाडी सवार भारतीय नागरीक २२ वर्षीय किसन कुमजार कामतको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

मे ४ प ४५५१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

कास्कीमा पैदलयात्रीको मृत्यु

यता, कास्कीको पोखरा महानगरपालिका–२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको घिरिङ गाँउपालिका–१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरा स्थित पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो ।

पोखराबाट तनँहु तर्फ जादै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ ।

 बाँकेमा दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

यस्तै,  बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा गएराती २ ओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  

चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराती पौने १२ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक बाँकेकै कोहलपुर नगरपालिका–२ का २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते भएका सोही मोटरसाइकल पछाडी सवार कोहलपुर–२ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका–८ का ३८ वर्षीय दल बहादुर सारुको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

घाइते दुवैजनाको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।













0 प्रतिकृया