स्थानीय तहद्वारा प्रदान गर्ने फेलाेसिप तत्काल अगाडी बढाउन माग
एक्सन खबर
धरान । स्थानीय तहहरुमा हरेक बर्ष दिँदै आएको फेलोसिप कार्यक्रम नेतृत्वको अयोग्यताका कारण सञ्चालन हुन नसकेकाे आरोप लगाउदै प्रेस चौतारी नेपाल धरानले असन्तुष्टी व्यक्त गरेकाे छ ।
सुनसरीका हरेक स्थानीय तहले हरेक वर्ष विनियोजन गरेको बजेटहरुको सहि रुपमा नेपाल पत्रकार महासङ्घ सुनसरी नेतृत्वले परिचालन गर्न नसक्दा यस वर्ष धरान उपमहानगरपालिकाको बजेट फ्रीज हुने सम्भावना देखिन्छ भएकाे भन्दै प्रेस चाैतारी धरानले असन्तुष्टी व्यक्त गरेकाे हाे ।
‘ हाम्रो साझा तथा सम्मानीत संस्था नेपाल पत्रकार महासंघ मार्फत सञ्चालन गरिदै आएको स्थानीय तहहरुमा विनियोजित बजेटलाई समयमै पारदर्शी ढंगले फेलोसिप वितरण किन गर्न सकेन ? यस वर्ष आर्थिक वर्ष सकिन लाग्दा समेत धरान उपमहानगरपालिकामा फेलोसिप र पुरस्कारको बजेटका लागि नेपाल पत्रकार महासंघका तर्फबाट कुनै पहल किन भएन ?’ यसको जिम्मेवार को भन्दै चौतारीका नगर अध्यक्ष रोशन दाहालद्वारा नेपाल पत्रकार महासंघ सुनसरीलाई बुझाइएकाे ज्ञापनपत्रमा भनिएकाे छ ।
चाैतारी नगर अध्यक्ष दाहालले श्रमजीवी पत्रकारहरुलाई आर्थिक सवलता, क्षमता विकास तथा स्थानीय सरकारले प्रोत्साहनको रुपमा प्रदान गर्ने फेलोसिप कार्यक्रमलाई समयमा सञ्चालन नगर्नु तथा यसमा कुनै चासो नदेखाउनुले नेपाल पत्रकार महासंघ सुनसरीको उद्देश्य के हो भन्ने गम्भिर प्रश्न उठेको जनाएका छन् ।
प्रेस चौतारीले श्रमजीवी पत्रकारहरुको पक्षमा हुने कामहरु समयमा नहुनु तथा प्राप्त अवसरहरु गुमाउँदै जाँदा नेपाल पत्रकार महासंघसँग कस्तो आशा र भरोसा गर्ने भन्ने प्रश्नहरु पनि उठ्न सक्ने तर्फ ध्यानाकर्षण समेत गराएको छ ।
त्यस्तै धरान उपमहानगरपालिकाले विनियोजन गरेको फेलोसिप कार्यक्रमलाई तत्काल अगाडि बढाउन प्रेस चौतारी नेपालको गम्भीर माग गरेकाे छ ।
0 प्रतिकृया