Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु

एक्सन खबर
जेठ, २६, २०७९


ट्याङ्‍करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु

काठमाडौं, २६ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ को सल्लेरीमा ट्याङ्‍कर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक २६ वर्षीय प्रेम घिसिङ रहेका छन् । उनी सुनसरीको रामधुनी नगरपालिका–७ का हुन् । उनले चलाएको को ५ प २३३० नम्बरको पल्सर मोटरसाइकल र मे १ ख २४९४ नम्बरको ट्याङ्‍कर बुधबार दिउँसो अन्दाजी १:३० बजे आपसमा ठक्कर खान पुगेको थियो।

ठक्करपछि घिसिङ गम्भीर घाइते भएका थिए । उनको झापाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । घिसिङ श्रीमती कञ्‍चन मगरसहित ताप्लेजुङ तर्फ जाँदै थिए । मगर पनि गम्भीर घाइते छिन् ।

आइसीयूमा राखेर बिएण्डसीमै उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।













0 प्रतिकृया