Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


पेट्रोलिय पदार्थको मूल्य पुनः बढ्यो, कति पुग्यो ?

एक्सन खबर
जेठ, २६, २०७९


पेट्रोलिय पदार्थको मूल्य पुनः बढ्यो, कति पुग्यो ?

काठमाडौं, २६ जेठ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो ।

निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत रहेको आयोगले जनाएको छ ।

यसअघि जेठ १९ गते मात्र आयल निगमले यी तीनै पदार्थमा दस रूपैयाँ प्रतिलिटर भाउ घटाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।













0 प्रतिकृया