Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


आज यी क्षेत्रमा वर्षाको सम्भावना

एक्सन खबर
जेठ, ३०, २०७९


आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, ३० जेठ । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । बिहान प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १ का धेरै, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षाको आँकलन गरिएको छ भने बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा पनि वर्षा हुनेछ ।

बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव  छ । अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।













0 प्रतिकृया