Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


नेसन्स लिगमा स्विजरलेण्डसँग पोर्चुगल स्तब्ध

एक्सन खबर
जेठ, ३०, २०७९


नेसन्स लिगमा स्विजरलेण्डसँग पोर्चुगल स्तब्ध

काठमाडौं, ३० जेठ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ ।

घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

चोटका कारण स्टार खेलाडी रोनाल्डो भने उपस्थित रहेनन् । हारसँगै पोर्चुगलले समूह ए २ को शीर्षस्थानमा उक्लने मौका गुमायो ।

४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ । स्विजरल्यान्ड ३ अंक सहित पुछारमा छ । समान खेलबाट ८ अंक जोडेको स्पेन शीर्षस्थानमा छ ।
 













0 प्रतिकृया