Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


अजरवैजान, काजखस्तान र क्राेएसियाको जित

एक्सन खबर
जेठ, ३१, २०७९


अजरवैजान, काजखस्तान र क्राेएसियाको जित

काठमाडौं, ३१ जेठ । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएका फरक खेलहरूमा अजरवैजान, काजखस्तान र क्राेएसियाले जित निकालेका छन् ।

घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गरेकाे हाे । उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले एक एक गोल गरे ।

यस्तै, अर्काे खेलमा काजखस्तानले स्लोभाकियालाई २–१ अन्तरले पराजित गर्दै शीर्षस्थानमा रहेको छ । काजखस्तानको जितमा यान भोरोगोभ्स्की र इलखान एस्टानोभले एक एक गोल गरे । १० खेलाडीमा सिमित रहेका स्लोभाकियाको लागि माटुस वेरोले सान्त्वना गोल गरे ।

खेलसँगै काजखस्तान ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ । स्लोभाकिया ६ अंक सहित दोस्रो स्थान र अजरवैजान ४ अंक सहित तेस्रो स्थानमा छ । यता, वेलारुस २ अंक सहित पुछारमा छ ।

फ्रान्स क्रोयसियासँग पराजित

यस्तै, विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले स्तब्ध भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।













0 प्रतिकृया