यूईएफए नेसन्स लिगः हंगेरी, जर्मनी, नेदरल्यान्ड र बेल्जियम विजयी
एक्सन खबर
काठमाडौं, १ असार । दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।
हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए ।
जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।
यस्तै, मंगलबार राति भएको अर्काे खेलमा जर्मनीले इटालीलाई ५-२अन्तरले पराजित गर्याे। जर्मनको सहज जितमा टिमो वेर्नेरले दुई गोल गरे । यस्तै जासुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक-एक गोल गरे ।
इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले सान्त्वना गोल गरे । जितसँगै जर्मनी समूह ए ३ मा ६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा छ ।
अर्काे खेलमा नेदरल्यान्ड र बेल्जियम विजयी भएका छन् । समूह ‘ए’ को ४ खेलमा नेदरल्यान्डले वेल्सलाई ३–२ अन्तरले पराजित गर्याे।
नेदरल्यान्डको जितमा नोआ लाङ, कोडी गाक्पो र मेम्पिस डिपाएले एक–एक गोल गरे । वेल्सका लागि ब्रेनन जानसन र गेराथ वेलले एक–एक गोल गरे ।
बेल्जियमले पोल्यान्डलाई १–० अन्तरले पराजित गर्यो । बेल्जियमको जितमा मिच बातसुआयीले निर्णायक गोल गरे । खेलसँगै नेदरल्यान्ड १० अंकसहित शीर्ष स्थानमा छ । ७ अंकको बेल्जियम दोस्रो स्थानमा रहँदा पोल्यान्ड ४ अंकसहित तेस्रो र १ अंकको वेल्स पुछारमा छ ।
0 प्रतिकृया