सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ कहाँ कसरी पढ्ने ?
एक्सन खबर
काठमाडौं । नेपालको विकासमा सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियरको महत्वपूर्ण योगदान रहेको छ । सिभिल इन्जिनियरिङ गरेकाहरुले विकास निर्माण सम्बन्धी क्षेत्र र ठूला आयोजनाहरुमा धेरै गर्न सक्छन् । कम्प्युटर इन्जिनियरिङ गरेकाले पनि सुचना र प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्छन् । पछिल्लो समय त यी दुवै विषयहरु मुलुकको कुनैपनि क्षेत्रको विकासका लागि एक अर्काका परिपुरक पनि बनेका छन् ।
इन्जिनियरिङ शिक्षामा सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने विषय हो सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ । रोजगारीको पर्याप्तता, स्वरोजगारको प्रचुर संभावनाले पनि यी विषयहरु इन्जिनियरिङ पढ्ने विद्यार्थीको पहिलो रोजाईमा पर्ने गर्दछ । त्यसो त, कुनैपनि विषय र शिक्षाको महत्व छैन भन्न खोजिएको हैन, सबैको आ–आफ्नै विशेषता र महत्व हुन्छ ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) नेपालको इन्जिनियरिङ शिक्षाका लागि गौरब गर्न लायक शैक्षिक संस्था हो । सन् १९९४ देखि निजी क्षेत्रबाट पनि गैरनाफामुलक रुपमा इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भनेर नेक सञ्चालनमा आएको हो । आज हामी नेकसँग सम्बन्धीत रहेर सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ विषयलाई खोतल्ने प्रयास गरिरहेका छौं ।
नेपालको विकासमा सिभिल इन्जिनियरिङ
‘सिभिल इन्जिनियरिङ आम विषय बनेको छ । नेपाललाई विकाससिल राष्ट्रका रुपमा उभ्याउनका लागि गाउँगाउँमा विकासका पूर्वाधार पुर्याउन आवश्यक पर्दछ । यस्तोमा सिभिल इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुन्छ ।’ नेकका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इ. अजय खड्का भन्छन्–‘हामी कहाँ कुनैपनि सिभिल इन्जिनियर खाली हात बसेको थाहा छैन । अझ नेकबाट पास आउट भएका प्रायः सबै विद्यार्थी इङ्गेज्ड नै छन् ।’ सडक, पुल, नहर, उर्जा, भवन निर्माण, शहरी विकास आदीका क्षेत्रमा सिभिल इन्जिनियरहरुको अत्याधिक माग छ ।
कुनै आर्टिटेक्टले डिजाइन गरेको संरचनालाई मुर्तरुप दिने काम सिभिल इन्जिनियरले गर्दछन् । उदाहरणका लागिः कुनै एक स्थानमा व्यवसायिक भवन निर्माण गर्नुपर्यो । त्यसको डिजाइन आर्टिटेक्टले गरेपनि त्यहाँ पुल कसरी बनाउने ? त्यहाँको भौगोलिक अवस्था कस्तो छ ? त्यहाँको माटो र ढुङ्गाको बनोटको अवस्था कस्तो छ ? निर्माण हुने संरचनाले पुर्याउने लाभहानीको वस्तुगत अध्ययन विश्लेषण सिभिल इन्जिनियरले गर्दछन् । ‘आर्टिटेकले डिजाइन गरेको संरचनालाई जिवन्त बनाउने नै सिभिल इन्जिनियर हो । सिभिल इन्जिनियरले कुनैपनि आयोजना, परियोजना तथा भौतिक संचना निर्माणको काम गर्छन् ।’ विभागीय प्रमुख खड्का भन्छन् ।
यसका अलावा सिभिल इन्जिनियरले निर्माण गरिने संरचनाको सर्भे गर्ने, भौतिक संरचनालाई आकारमा बदल्ने, लागत इस्टिमेट गर्ने, निर्माण सामग्रीको आवश्यकता, प्रयोगलगायतका बारेमा अध्ययन तथा अनुसन्धान गर्ने गर्दछन् ।
स्नातक तहको सिभिल इन्जिनियरिङ ४ वर्षे कोर्ष हो । यसमा आठ वटा सेमेष्टर रहेका हुन्छन् । कक्षा १२ मा विज्ञान विषय लिएर सबै विषयमा न्यूनतम ‘सी’ ल्याएर पास भएका विद्यार्थी सिभिल इन्जिनियरिङको स्नातक तह पढ्न योग्य हुन्छन् । यसका साथै सिटिइभिटीबाट इन्जिनियरिङमा डिप्लोमा गरेका र ‘ए’ लेवलमा विज्ञान विषय लिएर अध्ययन गरि न्यूनतम दोश्रो श्रेणीमा उत्तीर्ण गरेकाले पनि पढ्न पाउँछन् ।
स्नातक तह उत्तीर्ण गरेपछि माष्टर्स पनि अध्ययन गर्न सकिन्छ । नेकमा सिभिल इन्जिनियरिङको माष्टर्स तह पनि छ । स्नातक तहमा भर्ना हुनका लागि सम्बन्धित कलेजले प्रवेश परीक्षा लिने गर्दछन् । सिमित सिट हुने भएकाले योग्य तथा दक्ष विद्यार्थीहरु मात्र परुन् भनेर प्रवेश परीक्षा लिइएको हो । कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण नगरी भर्ना हुन पाइन्न । बि. ई. का प्रवेश परीक्षाका लागि आजभोली पूर्व तयारी कक्षा समेत सञ्चालित छन् ।
सिभिल इन्जिनियरिङमा हाइड्रोपावर इन्जिनियरिङ, स्टक्चरल इन्जिनियरिङ, फाउण्डेशन इन्जिनियरिङ, वाटर सप्लाई तथा स्यानिटरी इन्जिनियरिङ, ट्रान्स्पोर्टेसन इन्जिनियरिङ, कन्सट्रक्सन म्यानेजमेन्ट जस्ता प्रमुख विधाहरु अध्ययन गर्नुपर्छ ।
स्नातक तहको सिभिल इन्जिनियरिङ पुरा गर्नको लागि कम्तीमा १० देखि १२ लाख रुपैंया खर्च हुनेछ । यो शुल्क कलेजको सेवा सुविधा तथा विश्वविद्यालय अनुसार फरक पर्न सक्नेछ । पोखरा विश्वविद्यालयले सिभिल इन्जिनियरिङमा १० प्रतिशत छात्रवृत्ति कोटा व्यवस्था गरेको छ । यसका अलावा कलेजले पनि आफ्नो तर्फबाट पूर्ण तथा आशिंक छात्रबृत्तिहरु दिइरहेका हुन्छन् ।
नेकमा विश्वविद्यालयले दिने छात्रबृत्तिसँगै कलेजले दिने छात्रबृत्ति रहेको छ । नेक आफैंमा गैरनाफामुलक शैक्षिक संस्था भएकाले अन्य इन्जिनियरिङ कलेजहरुको दाँजोमा सर्वसुलभ शुल्क छ । ‘हामीले इन्ट्रान्स परीक्षामा राम्रो अंक ल्याउनेलाई छात्रबृत्ति दिन्छौं, गरिब, जेहन्दार तथा दुर्गम क्षेत्रबाट आएका विद्यार्थीलाई समेत कुनै न कुनै रुपमा छात्रबृत्ति तथा शुल्कमा छुट दिने गरेका छौं ।’ नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ भन्छन् ।
नेपालमा सिभिल इन्जिनियरहरु खाली हात बाँधेर बसेका छैनन् । नेपालमा धमाधम विकासका पूर्वाधारहरु बन्ने क्रममा रहेकाले पनि इन्जिनियरहरुको माग दिनप्रतिदिन बढिरहेको छ ।
सरकारी कार्यालय देखि ठूला हाइड्रोपावर, भू–प्राविधिक, वातावरणीय क्षेत्र, जल तथा सिँचाई, सडक, यातायात, आवासिय घर निर्माण तथा ठूला भवन निर्माण, सर्भे तथा डिजाइन कम्पनीहरुमा सिभिल इन्जिनियरहरुले रोजगारी पाउँछन् । यसका साथै आफैं स्वरोजगार बन्छु भन्नेहरुले पनि कन्सल्टेन्सी खोलेर राम्रो आम्दानी गर्न सक्छन् । सरकारी क्षेत्रमा प्रवेश गर्दा शुरुका दिनमा ३०,३५ हजार तलब प्राप्त गर्न सकिन्छ । ठूला आयोजना तथा आफैं स्वरोजगार हुनेहरुले मासिक लाख बन्दा बढी बढाउन सक्छन् ।
कम्प्युटर इन्जिनियरिङः इन्जिनियरिङ शिक्षाको मुटु
कम्प्युटर इन्जिनियरिङ पनि पछिल्लो समय विद्यार्थीको रोजाईमा परेको विषय हो । खासगरी सूचना र प्रविधिको क्षेत्रमा मुलुकले एक दशकयता फड्को मारेसँगै सो क्षेत्रमा दक्ष जनशक्तिको माग छ ।
सरकारी तथा निजी क्षेत्रबाट समेत सुचना र प्रविधिका क्षेत्रमा धेरै कामहरु भइरहेको अवस्थामा त्यहाँ दिनप्रतिदिन भारी मात्रामा दक्ष जनशक्ति माग भइरहेको छ । ‘नेपालमा विज्ञान र प्रविधिको विकास द्रुत गतीमा भइसँगै कम्प्युटर इन्जिनियरिङको अत्याधिक माग छ ।’ नेकका कम्प्युटर इन्जिनियरिङ विभागका विभागीय प्रमुख इ. सुन्दर कुँवर भन्छन्–‘एक दशकअघि कम्प्युटर इन्जिनियर बन्न विदेश जानु पर्दथ्यो अहिले स्वदेशमै अन्तराष्ट्रिय स्तरको डिग्री हासिल गरेर कम्प्युटर इन्जिनियर बन्न सकिन्छ ।’
कम्प्युटर इन्जिनियरिङ भनेको कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन अनुसन्धान गर्ने शिक्षा हो । यसमा विद्यार्थीले कम्प्युटर के हो ? कसरी काम गर्छ ? नयाँ कम्प्युटर कस्तो बनाउने ? कम्प्युटरलाई कस्तो सफ्टवेयर चाहिन्छ ? लगायत कम्प्युटरसँग सम्बन्धीत विषयमा रहेर अध्ययन गर्छन् ।
एक हिसाबले भन्ने हो भने आजभोली कम्प्युटर इन्जिनियरिङ इन्जिनियरिङ शिक्षाको मुटु नै हो । सिभिल, आर्टिटेक्क, मेकानिकल इन्जिनियरिङ अध्ययन गर्नपनि कम्प्युटरको सहायता लिनुपर्दछ । उल्लेखित विषयका पाठ्यक्रम तयार पार्ने सँगै सम्बन्धीत विषयको सफ्टवेयर पनि कम्प्युटर इन्जिनियरले तयार गर्छन् ।
स्नातक कम्प्युटर इन्जिनियरिङ पनि सिभिल जस्तै चार वर्षे कोर्ष हो । यसमा डिप्लोमा, स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न सकिन्छ । स्नातक तहमा ८ वटा सेमेष्टर हुन्छन् । कक्षा १२ मा विज्ञान विषय लिएर सबै विषयमा न्यूनतम ‘सी’ तथा सीटीईभीटीबाट कम्प्युटरमा डिप्लोमामा ४५ प्रतिशत अंक ल्याएका र ‘ए’ लेभल पढेकाले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न सक्छन् । शुरुमा सबैले कलेजहरुले लिने प्रवेश परीक्षा पास गर्नै पर्दछ ।
कम्प्युटर इन्जिनियरिङ पुरा गर्न पनि करिब १० देखि १२ लाखसम्म लाग्न सक्छ । यसमा पनि क्याम्पस तथा विश्वविद्यालयहरुको सेवा सुविधा अनुसार शुल्क तलमाथि हुन्छ ।
सिभिल इन्जिनियरिङमा जस्तै कम्प्युटर इन्जिनियरिङमा पनि विश्वविद्यालय र कलेजले छाबत्रृत्ति दिएको हुन्छ । गरिब तथा जेहेन्दार लगायत विभिन्न शिर्षकमा कलेजले छात्रबृत्ति दिन्छ । प्रवेश परीक्षामा प्रथम, दोश्रो तेश्रो हुनेहरुलाई पनि भर्ना शुल्क, कलेज शुल्क लगायतमा छात्रबृत्ति हुन्छ ।
कम्प्युटर इन्जिनियरिङ अधिकांश प्राक्टिकल र प्रोजेक्ट वर्क विधा हो । यसमा थ्यौरिटिकल क्लासलाई भन्दा प्राक्टिकल र प्रोजेक्ट वर्कलाई बढी फोकस गरेर पाठ्यक्रम बनाइएको हुन्छ ।
कम्प्युटर इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेकालाई रोजगारीका लागि भौतारिनु पर्दैन । सरकारी, गैरसरकारी, निजी तथा ठूला आयोजनाहरुमा कम्प्युटर इन्जिनियरको माग बढ्दो छ । यसका अलावा आफैं कम्पनी खोलेर स्वरोजगार बन्ने उद्देश्य लिएका विद्यार्थीले पनि राम्रो प्रगति गर्न सक्छन् ।
सरदर सामान्य तया कम्प्युटर इन्जिनियरिङ गरेकाले शुरुवाती चरणमै ४०–५० हजार मासिक कमाउन सक्छन् । भने, कसैले आफ्नै लगानीमा काम गर्न थाल्यो भने लगानीको अनुपातमा आफुसँगै अरुलाई रोजगारी दिएर पनि कमाउन सक्छन् ।
ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ गर्ने हो भने नेक उपयुक्त गन्तब्य हो । नेपाल इन्जिनियरिङ कलेज (नेक)ले ब्याचलर इन्जिनियरिङ विषयमा विभिन्न तहमा भर्ना आब्हान गरेको छ । कलेजले कक्षा १२ को परीक्षाफल प्रकाशित भएसँगै ब्याचलर इन्जिनियरिङका विभिन्न विषयहरुमा भर्ना आब्हान गरेको हो ।
कलेजले बि.ई. सिभिल, बि.ई. सिभिल एण्ड रुरल, बि. आर्टिटेक्चर, बि.ई. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विषयमा भर्ना खुलाएको छ । यसैगरी बि.ई. कम्प्युटर इन्जिनियरिङ, बि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन तथा बि.ई. सिभिल फर डिप्लोमा होल्डर्समा समेत भर्ना आवेदन खुलाएको छ ।
उल्लेखित विषयहरु मध्ये सिभिल इन्जिनियरिङमा १४४ सिट रहेको छ । बि.ई. कम्प्युटर र बि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा ९६/९६ सिट रहेको छ । भने, बि.ई. सिभिल एण्ड रुरल, बि.ई. आर्टिटेक्चर, बि.ई. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र बि.ई. सिभिल फर डिप्लोमा होल्डर्समा ४८/४८ सिट रहेको कलेजले जनाएको छ ।
निजी क्षेत्रबाट सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरकै रहेकाले पुल्चोक क्याम्पस पछि धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । प्रत्येक वर्ष नेकले इन्जिनियरिङका विभिन्न विधाहरुमा लिने प्रवेश परीक्षामा सहभागी हुन ७७ वटै जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।
निजी क्षेत्रहरुबाट सञ्चालित कलेजहरुको दाँजोमा कम शुल्क, पर्याप्त प्रयोगात्मक शिक्षण विधि, अनुभवी, दक्ष तथा पूर्णकालिन शिक्षक, शान्त र हरियालीयुक्त वातावरण कलेजका विशेषता नै हुन् । त्यसका अलावा कलेजको शैक्षिक गुणस्तर स्तरीय भएकाले नै कलेज प्रति विद्यार्थीको आकर्षण छ ।
‘हामी नेपालकै नम्बर वान इन्जिनियरिङ कलेज भनेर दावी त गर्दैनौं तर, हाम्रो २७ वर्षे शैक्षिक इतिहासले सर्वसुलभ शुल्क लिएर अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सकिन्छ, दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने दावी चैं गर्न सक्छौं ।’ कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ भन्छन् ।
पोखरा विद्याविद्यालयबाट सम्बन्धन प्राप्त नेकको २७ वर्षे इतिहासमा कुनैपनि शैक्षिक क्यालेण्डर विग्रिएको छैन । यो सबैभन्दा महत्वपूर्ण पक्ष पनि हो । कतिपय कलेजले समयमा कोर्ष पुरा गराउन सक्दैनन् । फ्याकल्टी कम हुँदा, पार्टटाइममा राख्दा विद्यार्थीको पढाईलाई प्रत्यक्ष असर गर्छ । नेकले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्था गरेकाले विद्यार्थीले कक्षाकोठा भन्दा बाहिर पनि शिक्षकहरुसँग अन्तरक्रिया गर्न सक्छन् ।
पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका तथा पुल्चोक क्याम्पसमा इन्जिनियरिङका विभिन्न विधाहरुमा अध्ययन गर्न सकिन्छ ।
0 प्रतिकृया