Follow us:


Follow us

१० जेठ २०८३, आइतवार
१० जेठ २०८३, आइतवार


एभरेष्टमा नयाँ विद्यार्थीलाई स्वागत पुरानालाई बिदाइ

एक्सन खबर
जेठ, १०, २०८३


एभरेष्टमा नयाँ विद्यार्थीलाई स्वागत पुरानालाई  बिदाइ

काठमाडाैं । ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूकाे बिदाइ गरेकाे छ ।शनिबार प्रज्ञा भवन, कमलादिमा आयाेजित कार्यक्रममा नेपालका इन्जिनियरिङ र आर्किटेक्चर विधाका परामर्शदात्री निकायहरूको साझा संस्था स्काफ-नेपालका अध्यक्ष इन्जिनियर ठाकुर प्रसाद शर्मा प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्याे । 

साे अवसरमा बाेल्दै इन्जिनियर शर्माले नवआगन्तुक विद्यार्थीहरूलाई अनुशासित हुन र पढाई सकिएका विद्यार्थीहरूलाई आफ्नो तथा कलेजको व्यावसायीक प्रतिष्ठा उच्च हुने गरी काम गर्न सुझाव दिनु भयो । 

कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, चेस तथा डोरीतान्ने (टग-अफ-वार) लगायत विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरिएको थियो । साथै, निबन्ध प्रतियोगिता तथा स्नातक तहको अन्तिम वर्षमा सम्पन्न गरिने परियोजनामा उत्कृष्ट भई विजेता भएकाहरूलाई पनि बेष्ट प्रोजेक्ट प्रमाणपत्र र पदकद्वारा सम्मान गरिएको थियो ।

कलेजले शैक्षिक वर्ष २०२५ मा भर्ना भएका विद्यार्थीहरूलाई खादा लगाई स्वागत गरेको थियो । विश्वविद्यालयले लिने सत्रान्त परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने तथा बोर्ड परीक्षामा उच्च ग्रेड ल्याउने विद्यार्थीहरूलाई पनि खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, शैक्षिक वर्ष २०२१ मा बि.ई. सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई कलेजले खादा तथा मायाको चिनो सहित बिदाइ गरेको थियो ।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । स्वागत तथा बिदाइ कार्यक्रम कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन कलेजका शिक्षक इन्जिनियर नुजहत अहमद तथा कम्प्युटर विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेलले गर्नुभएको थियो ।















0 प्रतिकृया