Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


दुवाकाेटकाे केएमसीमा २१० जनालाई हेपाटाइटिस ‘बी’को खोप दिइयाे

एक्सन खबर
असार, ४, २०७९


दुवाकाेटकाे केएमसीमा २१० जनालाई हेपाटाइटिस ‘बी’को खोप दिइयाे

भक्तपुर, ३ असार । काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर, सामुदायिक अस्पताल दुवाकोट तथा रोट्रयाक्ट क्लब अफ केएमसी दुवाकोटको आयोजनामा २१० जनालाई हेपाटाइटिसको खोप लगाइएको छ ।

स्थानीय सर्वसाधारण तथा कलेजका विद्यार्थीहरुले हेपाटाइटिस ‘बी’ विरुद्धको खोप लगाएका हुन् । पछिल्लो समय मानिसको कलेजोमा संक्रमण बढ्दो रुपमा देखा परेसँगै हेपाटाइटिस ‘बी’ नियन्त्रण गर्ने अभियान अन्तरगत केएमसीले समुदाय स्तरमा खोप कार्यक्रम सञ्चालन गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए ।

गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको केएमसीले हेपाटाइटिस जस्तो संक्रामक रोग उल्मुलनका लागि पनि अभियान चलाउँदै आएको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले केएमसीको स्वास्थ्य सेवाहरुलाई समुदाय स्तरमै प्र्याउने काम भइरहेको बताए । डा. शर्माकै नेतृत्वमा काठमाडौं मेडिकल कलेज प्रा.लि.लाई पब्लिक लिमिटेडमा रुपान्तरण गरेर त्यहाँको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुग्ने बनाइएको छ ।

हेपाटाइटिस ‘बी’ भाइरस (एचबीभी) को कारण लाग्ने संक्रामक रोग हो। यो रोगले खासगरी मनुष्य र बाँदरको प्रजातीको कलेजोलाई सङ्क्रमित गर्छ, जसको कारणले कलेजो सुन्निने, पोल्ने गर्दछ । जसलाई हेपाटाइटिस भनिन्छ।

हेपाटाइटिस ‘बी’ भाइरस व्यक्तिको संक्रमित रगत वा शरीरको तरल पदार्थबाट सर्ने गर्दछ ।















0 प्रतिकृया