Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि क्यासिनाे सहितकाे चारतारे हाेटल सञ्चालनमा

एक्सन खबर
असार, ४, २०७९


गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि क्यासिनाे सहितकाे चारतारे हाेटल सञ्चालनमा

रुपन्देही, ४ असार । नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारीक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।

युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लागानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए ।

८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भए पनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।

अर्घाखाँची पाणिनी गाउँपालिका–७ अड्गुरीका अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेनलगायतका कुकिज तथा बिस्कुट नेपाली बजारमा चर्चित छन् । यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रालिले चाउमिन, सुजी, पास्तालगायतका खाद्यवस्तु समेत उत्पादन गर्दै आएको छ ।














0 प्रतिकृया