Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


गम्भीर खडेरीको सामना गरिरहेका शीर्ष २३ देशमा पाकिस्तान पनि

एक्सन खबर
असार, ५, २०७९


गम्भीर खडेरीको सामना गरिरहेका शीर्ष २३ देशमा पाकिस्तान पनि

इस्लामाबाद, ५ असार । पाकिस्तान गम्भीर खडेरीबाट प्रभावित शीर्ष २३ देशहमध्ये एक बनेको छ । देशको जलवायु परिवर्तन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

विश्व मरुभूमिकरण र खडेरी दिवसको सन्दर्भमा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०२५ सम्ममा  खडेरीले विश्वको लगभग तीन चौथाई जनसंख्यालाई असर गर्ने भविष्यवाणी गरिएको छ ।

मानव र वातावरणीय कारण मरुभूमिकरणले पाकिस्तानलाई हानी गरेको छ । जसका कारण वातावरणीय ह्रास, माटोको उर्वरतामा कमी, जैविक विविधताको हानी, र भूमिको उत्पादकत्वमा कमी आएको छ ।

ठूलो वन फँडानी र मानवजन्य गतिविधिहरूले समस्यालाई झनै विकराल बनाएको जनाइएको छ । पाकिस्तानमा मानिसहरूले पानीको अभाव झेलेका र लामो समयको गर्मीका कारण देशभरका नदीहरू सुक्न थालेका जनाइएको छ । 













0 प्रतिकृया