Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


आजकाे संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस हुँदै

एक्सन खबर
असार, ६, २०७९


आजकाे संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस हुँदै

काठमाडौं, ६ असार । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयक २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ । शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।













0 प्रतिकृया