Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेरामा पेस्तोल

एक्सन खबर
असार, ६, २०७९


मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका ब्यक्तिको डेरामा पेस्तोल

मोरङ, ५ असार । मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिकाे डेराबाट प्रहरीले पेस्ताेल पक्राउ गरेकाे छ । मोरङको बुढिगंगा गाउँपालिका-६ का ३२ बर्षीय बिनोद चौधरीको  डेराबाट १ थान पेस्तोल बरामद भएको हाे ।  

जिल्ला प्रहरी कार्यालय मोरङले बिगत १ महिनाको अवधीमा मोटरसाईकल चोरीमा संग्लग्न १६ जना मानिस २१ थान मोटरसाईकल सहित पक्राउ गरेको थियो ।

मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाईनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुले सँगै बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको माेरङ प्रहरी कार्यालयले जनाएको छ ।













0 प्रतिकृया