Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


चार प्रदेशमा २४ घन्टाका लागि मौसमी चेतावनी

एक्सन खबर
असार, ७, २०७९


चार प्रदेशमा २४ घन्टाका लागि मौसमी चेतावनी

काठमाडौं, ७ असार । नेपालमा चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

बिहान प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घन्टामा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेस, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भू– क्षय, बाढी पहिराेकाे संभावना रहेकाेले सावधानी अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।  













0 प्रतिकृया