अन्तर्राष्ट्रिय योग दिवसमा विविध कार्यक्रम
भरतराज शर्मा (गाेपाल)
धरान । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न संघसंस्थाहरुले बिबिध कार्यक्रम गरी मनाएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार सुनसरीको धरानमा पनि विविध कार्यक्रम गरियाे ।
द आर्ट अफ लिभिङ धरान च्याप्टरले आसरा सुधार गृह पानमारामा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाएको हाे । त्यहाँ आश्रीत १०४ जना आश्रीतहरुसँग बिभिन्न योग अभ्यास गरी यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस मनाएको धरान च्याप्टरका योग प्रशिक्षक पार्वती श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार बिहान ६ बजेबाट ८ बजेसम्म २ घण्टा बिभिन्न योगा अभ्यास गरी मनाईएको र अबको दिनमा त्यहाँ आश्रीतहरुलाई जीवन जीउन प्रेरणा मिल्ने पनि बताईन् । कार्यक्रममा प्राणायाम, ध्यान, भष्त्रिका लगायत अभ्यास गराईएको थियाे ।
कार्यक्रममा आसरा सुधार गृहका प्रमुख प्रहरी निरीक्षक उमेश राई, सिनियर सई तिलक गीरी, जनसम्पर्क अधिकृत गणेश श्रेष्ठ, आसारा सुधार गृहकै परामर्शकर्ता रुपेश श्रेष्ठ तथा ब्यवस्थापन समिति सदस्य शिला बज्राचार्य, द आर्ट अफ लिभिङका प्रशिक्षक सरस्वती श्रेष्ठ, जनक खडका, वडा नं १२ का जनप्रतिनिधि बह्मज्ञ भट्टराई, आर्ट अफ लिभिङका स्वयमसेवक सोभित यादव तथा भरतराज शर्माको उपस्थिति रहेको थियो ।
आर्ट अफ लिभिङ धरानका प्रशिक्षक पार्बती श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदै आएको छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।
संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो
उता वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको थियोे भने प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो ।
आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
नेपालमा माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाईएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए भने नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई नै राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
काठमाडौको भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
0 प्रतिकृया