Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


माेरङमा सवारी दुर्घटना २ जना र संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु

एक्सन खबर
असार, ८, २०७९


माेरङमा सवारी दुर्घटना २ जना र संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, ८ असार । संखुवासभाको धर्मदेवी नगरपालिका ९५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा  करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । भने, माेरङमा सवारी दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ ।

मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका १२ का ३९ बर्षीय रोमन कुमार चन्द घाईते भएका  थिए ।

घाईतेलाई उपचारको लागि हेलिकोप्टर द्धारा काठमाडौं पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उता मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका९२ मा प्रदेश १ ९०२९०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका९११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन् ।

घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














0 प्रतिकृया