Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


दश फुटवल खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय, महासचिवमा किरण राई नियुक्त

एक्सन खबर
असार, ८, २०७९


दश फुटवल खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय, महासचिवमा किरण राई नियुक्त

काठमाडौं, ८ असार । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसँग विवादपछी टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसंग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिएको छ ।

"राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो" विज्ञप्तिमा भनिएको छ   ।

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् ।

यस्तै,  महासचिवमा किरण राई र कोषाध्यक्षमा रबिन्द्र जोशीसँगै विदेश बिभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो । सोमबार भएको एन्फाको चुनावी साधारणसभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यता, संघले ढाकामा हुने साफको चुनाबमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताब गर्ने निर्णय गरेको छ । "यहि जुलाइ २ बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।" एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।













0 प्रतिकृया