Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


केएमसीमा जेष्ठ नागरिकको स्याहार सम्बन्धी प्रयाेगात्मक अभ्यास गराइयाे

एक्सन खबर


केएमसीमा जेष्ठ नागरिकको स्याहार सम्बन्धी प्रयाेगात्मक अभ्यास गराइयाे

काठमाडौं, ८ असार । निजी मेडिकल कलेजहरु मध्ये नेपालमै पहिलो पटक जेष्ठ नागरिक उपचार सेवा सुरु गरेको काठमाडौं मेडिकल कलेज (केएमसी) मा जेष्ठ नागरिकको उपचार तथा स्याहारमा खटिने स्वास्थ्यकर्मीहरुलाई प्रयोगात्मक अभ्यास गराइएकाे छ ।

सिनामंगलस्थित केएमसीले जेष्ठ नागरिकहरूमा देखापर्ने विभिन्न प्रकारका रोगहरूको सहज उपचार गर्न विशेषज्ञ चिकित्सकको व्यवस्थापनसहित जेष्ठ नागरिक उपचार सेवा सुरु गरेसँगै स्वास्थ्य मन्त्रालयकाे नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धीत स्वास्थ्यकर्मीहरुलाई प्रयोगात्मक तालिम लिन केएमसी पठाएको हो ।

पछिल्लो समय जेष्ठ नागरिकहरुको जनसंख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले जेष्ठ नागरिकहरुको स्वास्थ्योपचारार्थ स्वास्थ्य संस्थाहरुमा छुट्टै युनिट हुनुपर्ने भनेको छ । सोही अन्तरगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रम अनुसार जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी सहायक स्तरका स्वास्थ्यकर्मीहरुलाई इ. बेस्ड मोडलमा क्षमता अभिबृद्धि गराउन एकहप्ते तालिम सञ्चालन गरेकोमा केएमसीका जेरियाट्रीसियन डा. अनन्त अर्यालले पनि प्रशिक्षण दिएका छन् ।

याे पनि हेर्नुहाेस्

केएमसीमा ६० वर्ष कटेका जेष्ठ नागरिकको उपचार गर्न छुट्टै विशेषज्ञ सेवा

प्रयोगात्मक तालिममा असार ७ र ८ गते केएमसीका जेष्ठ नागरिक रोग विशेषज्ञ डा. अर्यालले स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकहरुको स्वाथ्योपचारमा कसरी सहयोग गर्ने, उनीहरुको स्याहार सुसार कसरी गर्ने, जेष्ठ नागरिकहरुका रोग कसरी चाँडोभन्दा चाँडो पहिल्याउने सम्बन्धी प्रशिक्षण दिएका थिए । ‘विश्व स्वास्थ्य संगठनले जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने, कसरी रोगहरु चाडोभन्दा चाँडो पहिल्याउने ? सम्बन्धी टुलहरु बनाएको छ । त्यससँग सम्बन्धीत रहेर सरकारी अस्पताल तथा हेल्थ पोस्टहरुमा रहेका स्टाफ नर्स र स्वास्थ्य सहायकहरुलाई २ दिन तालिम दिइएको हो ।’ डा. अर्यालले भने ।

तालिममा २० जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक प्राध्यापक गोमादेवी निरौलाले सरकारले प्रत्येक वर्ष विभिन्न सामुदायिक स्वास्थ्य संस्थाहरुमा जेरियाट्रीक विशिष्टीकृत सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम बनाए अनुसार तालिम दिइएको बताइन् । ‘स्टाफ नर्स र स्वास्थ्य सहायकहरुले सुरुमा सो सम्बन्धी कोर्ष पढेर परीक्षा दिनुहुन्छ त्यसमा पास भएपछि तालिममा सहभागी गराइएको हो ।’ हालसम्म यो तालिम १४० स्वास्थ्यकर्मीहरुले लिइसकेको बताउँदै निरौलाले आउँदो आर्थिक वर्षमा कार्यक्रमलाई प्रदेश स्तरमै लैजाने योजना बनाइएको जनाइन् ।

भारतको नयाँदिल्ली स्थित एम्स बाट जेरियाट्रिक मेडिसिन (जेष्ठ नागरिक) मा एमडी गरेका डा. अनन्त अर्यालको नेतृत्वमा केएमसीले जेरियाट्रीक सेवा सञ्चालन गरिरहेको छ । डा. अर्याल यसअघि एकवर्ष नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा जेष्ठ नागरिक रोग विशेषज्ञको रुपमा कार्यरत थिए ।

विश्वका अधिकांश विकसित देशका अस्पतालहरूमा जेष्ठ नागरिकका लागि छुट्टै विशेषज्ञ सेवाको व्यवस्था गरिएको हुने बताउँदै केएमसीका जनरल मेनेजर नारायण दाहालले केएमसीलाई अन्तराष्ट्रियस्तरको स्वास्थ्य संस्था बनाउन विशिष्टीकृत सेवाहरु थप गरिएको बताए । ‘केएमसीका स्वास्थ्य सेवाहरुलाई विशिष्टीकृत बनाउने सन्दर्भमा जेष्ठ नागरिकहरुको स्वास्थ्योपचारमा छुट्टै युनिट तयार गरेका छौं । केएमसीमा उपचारार्थ आउनुहुने जेष्ठ नागरिकले विशिष्टीकृत सेवा प्राप्त गर्नुहुनेछ ।’ उनले भने ।

बिराटनगरका सफल ब्यवसायी तथा समाजसेवी डा. सुनिल शर्माले केएमसी लिएसँगै विशिष्टीकृत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा अगाडी सारिएको छ । केएमसीले बालबालिकाहरुका लागि यसअघि नै नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ ।

साथै, केएमसीमा नेपालकै सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) समेत रहेको छ । यसैगरी, केएमसीमा नेपालमै पहिलो पटक रोवटिक सर्जरी सेवा भित्राइएको छ । आम सर्वसाधारण जनतालाई सर्वसुलभ शुल्कमा विशिष्टीकृत स्वास्थ्य सेवा दिने उद्देश्यले केएमसी अगाडी बढिरहेको कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताएका छन् ।
















0 प्रतिकृया